गणेश नेपालीको मृत्यु प्रकरण  : घटना अध्ययन गर्न छानविन समिति गठन, राजनीति मुद्दा नबनाउन काँग्रेस सभापति थापाको आग्रह

सदरलाइन संवाददाता २६ असार २०८३, शुक्रबार १९:४६
 

नेपालगञ्ज :  गणेश नेपाली आत्मदाहको विषयलाई छानविन गर्न सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरि रहदा काँग्रेस सभापति गगनकुमार थापाले घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाका साथ लिन आग्रह गरेका छन् ।

सरकारले गणेश नेपाली घटना प्रकरण गर्न डिआजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले संसदलाई जानकारी दिएका छन् ।

गृहमन्त्रीले यो घटनामा संघीय सरकार भन्दा पनि स्थानीय सरकारको भूमिका देखिएको भन्दै देशमा तीन तहका सरकार छन् भनेर बुझ्नुपर्ने बताए । प्रतिनिधि सभामा जवाफ दिदै उनले सरकारको अथक प्रयासकाबीच गणेश नेपालीलाई बचाउन नसकेको भन्दै घटना प्रति दुख ब्यक्त गरेका छन ।

उनले संघमा आफ्नो सरकार भए पनि स्थानीय र प्रदेशमा आफ्नो सरकार नभएको भन्दै सरकार भएकाहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।


यसैबीच सामाजिक सञ्जालमार्फत सो घटना प्रति आफ्नो प्रतिक्रिया दिँदै काँग्रेस सभापति थापाले मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाका साथ लिन आग्रह गरेका छन् ।

उनले अहिलेको आवश्यकता राजनीतिक बहसभन्दा पनि पीडित परिवारलाई साथ र सहयोग गर्नु भएको बताउदै आ–आफ्नो ठाउँबाट परिवारको दुःखमा साथ दिन र सक्दो सहयोग गर्नसबैमा अपिल गरेका छन ।

थापाले यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन् । एउटा युवा किन चरम निराशाको अवस्थासम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन यति कठोर कदम चाल्न बाध्य हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई पर्याप्त भरोसा दिन किन असफल हुन्छन् भन्ने प्रश्नको इमानदार उत्तर खोज्न आवश्यक रहेको उनको भनाइ छ ।

समाज, परिवार, राज्य र नागरिक सबैले आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने उल्लेख गर्दै थापाले भविष्यमा कुनै पनि नागरिकले यस्तो दुःखद बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित