गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाई

सदरलाइन संवाददाता १८ असार २०८३, बिहीबार १७:५९
 
समाचार सारांश
Generated Using AI
  • दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साङ्गेतडामा यात्रुवाहक फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुब्दा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
  • नदीको जलसतह उच्च भएकाले गाडी पूर्ण रूपमा डुबेको छ भने एक जना पुरुषलाई अचेत अवस्थामा उद्धार गरिएको छ।
  • प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोताखोरसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : कर्णाली राजमार्गको दैलेख–कालिकोट सडकखण्डमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएका जानकारी दिए ।

उनले सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र. ०२–००१ ख. १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।


दुर्घटना स्थालबाट नामथर र वतन नखुलेका एक जना पुरुष भिरमा अचेत अवस्था अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए ।

प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने एकिन नभएको उनले बताए ।

उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा नगरस्तारिय बाल भेला सम्पन्न

१८ असार २०८३, बिहीबार १७:५९
समाचार सारांश Generated Using AI दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साङ्गेतडामा यात्रुवाहक फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुब्दा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।नदीको जलसतह उच्च भएकाले गाडी पूर्ण रूपमा डुबेको छ भने एक जना पुरुषलाई अचेत अवस्थामा उद्धार गरिएको छ।प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोताखोरसहितको संयुक्त टोलीले खोज […]