गजल :  बिमल हमाल ,युरेनस, मुगु

सदरलाइन संवाददाता ५ श्रावण २०८३, मंगलवार १९:५६
 

तिम्रो यादमै रातहरु कटाएर आँए
भेट्न भनेर फूल फूलाएर आँए ।

बगानमा भमरले मालीलाई टोक्दा
उसकै लागि माथ झुकाएर आँए ।

खोजी गरेको योवन उतै जाँदा
तिमी सामु कसम फुकाएर आँए ।


चुलिएको जोवन त्यो नजरमै ढल्दा
आखिर तिम्रो सबै दोष खेपेएर आँए ।

तिमीलाई नै भुल्न म थोरै पिउथे,
आखिर पीडा सेकाउन ताप लगाएर आँए ।

चाँदरमा अल्झिएको एकोहोरो त्यो मन
रिपुहरुकोआहाल भित्र बगाएर आँए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ८४ प्रतिशत रोपाई सम्पन्न

५ श्रावण २०८३, मंगलवार १९:५६
नेपालगञ्ज : बाँकेमा हालसम्म करिव ८४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ढिलोगरी वर्षा भएको कारण यो वर्ष रोपाईमा ढिलाई भएको हो । गत वर्ष यो समयसम्म जिल्लामा धान रोपाइँ सम्पन्न भइसकेको थियो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख कृषि अर्थविज्ञ डा विनोद घिमिरेले पछिल्लो […]