अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर सैनिकको मृत्यु, सहसेनानी घाइते

सदरलाइन संवाददाता ११ असार २०८३, बिहीबार १९:२१
 
समाचार सारांश
Generated Using AI
  • कैलालीमा सैन्य अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर नेपाली सेनाका हुड्डा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।
  • उपचारका लागि लम्कीस्थित अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • घटनामा सह–सेनानी हिमराज जोशी पनि घाइते भएका छन् र थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

धनगढी : कैलालीमा नेपाली सेनाको सैन्य अभ्यास अन्तर्गत फायरिङ अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर एक सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३, गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकका हुड्डा हिमालविक्रम विष्टको ज्यान गएको हो ।

लम्कीस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


मोहन्याल गाउँपालिका–७ मा रहेको जालपा सामुदायिक वनमा आज विहान ९ः४५ बजे फायरिङ अभ्यासको क्रममा ग्रिनेडको छर्रा लागेर विष्ट घाइते भएका थिए । उनको दाहिने हातको हत्केला र शरीरको अन्य भागमा छर्रा लागेको थियो ।

यसैगरी, नजिकै रहेका सह–सेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका थिए । उनको अवस्था सामान्य रहेको जनाइएको छ । जोशीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताजिया विर्षजनसंगै ‘मोहर्रम’ पर्व सम्पन्न

११ असार २०८३, बिहीबार १९:२१
समाचार सारांश Generated Using AI कैलालीमा सैन्य अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर नेपाली सेनाका हुड्डा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।उपचारका लागि लम्कीस्थित अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा सह–सेनानी हिमराज जोशी पनि घाइते भएका छन् र थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। यो सारांश AI […]