बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बालअधिकारसम्बन्धी संयुक्त बैठक

सदरलाइन संवाददाता ३ असार २०८३, बुधबार १९:२३
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाको मधुवन नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बालअधिकार समितिको संयुक्त बैठक सम्पन्न भई जोखिममा रहेका बालबालिका तथा व्यक्तिको संरक्षणबारे छलफल गरिएको छ।
  • बैठकले पीडित तथा जोखिममा परेकालाई समयमै पहिचान, मनोसामाजिक परामर्श तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको छ।
  • साथै, सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्दै बाल संरक्षण, गोपनीयता र पीडितमैत्री सेवामार्फत सुरक्षित वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बालअधिकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ ।

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बालअधिकार समितिका सदस्यहरू, वडा प्रतिनिधिहरू तथा बाल संरक्षण र मानव बेचबिखन विरुद्ध कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकको सहजिकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिक तथा महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले गरेका थिए । कार्यक्रममा मानव बेचबिखन तथा हिंसाको जोखिममा रहेका व्यक्ति र बालबालिकाको संरक्षण, उद्धार तथा पुनःस्थापनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

संयुक्त बैठकले जोखिममा रहेका बालबालिका तथा व्यक्तिहरूको समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने, पीडित तथा संवेदनशील अवस्थाका बालबालिकालाई तत्काल मनोसामाजिक परामर्श तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।


साथै, घटनाको पहिचान भएको एक साताभित्र आवश्यकता मूल्याङ्कनका आधारमा शैक्षिक सामग्री, खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसैगरी, प्रभावकारी केस व्यवस्थापनका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बालअधिकार समिति, विद्यालय, वडा कार्यालय, प्रहरी तथा सेवा प्रदायक संस्थाबीच समन्वय सुदृढ गर्ने, गोपनीयता, बाल संरक्षण तथा पीडितमैत्री दृष्टिकोणलाई सबै हस्तक्षेपमा अनिवार्य रूपमा अवलम्बन गर्ने निर्णय समेत गरिएको छ ।

बैठकको अन्त्यमा सहभागी सबै सरोकारवालाहरूले बालबालिका तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित र संरक्षणयुक्त वातावरण निर्माण गर्न सामूहिक रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले कुनै पनि पीडितलाई पछाडि नपार्ने तथा प्रत्येक बालबालिकाले हिंसा, शोषण र भयमुक्त वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्न सहकार्य, समयमै पहल र मानवीय सहयोगलाई अझ प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीलाई गृह जिल्लामा स्वागत

३ असार २०८३, बुधबार १९:२३
समाचार सारांश Generated Using AI बर्दियाको मधुवन नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बालअधिकार समितिको संयुक्त बैठक सम्पन्न भई जोखिममा रहेका बालबालिका तथा व्यक्तिको संरक्षणबारे छलफल गरिएको छ।बैठकले पीडित तथा जोखिममा परेकालाई समयमै पहिचान, मनोसामाजिक परामर्श तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको छ।साथै, सम्बन्धित निकायबीच समन्वय […]