समाचार सारांश
Generated Using AI
- प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख ५० वर्षीय मिनराज रानामगरको सवारी दुर्घटनामा घटनास्थलमै मृत्यु भएको छ।
- स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको उनले आफैं चलाएको गाडी अनियन्त्रित भई स्वर्गद्वारी–२ बाङ्गेसल्लामा करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा परि ज्यान गएको छ ।
५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १–००१ झ ०००८ नं. को गाडी अनियन्त्रीत भई स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना हुँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिए ।
गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको उनले बताए । प्रहरी निरीक्षक विश्वकर्माको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


