बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुर्व्यसनविरुद्ध अभियानमूलक सचेतना

सदरलाइन संवाददाता २६ जेष्ठ २०८३, मंगलवार १८:३१
 
समाचार सारांश
Generated Using AI
  • बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल र राजापुर नगरपालिकासँगको सहकार्यमा बर्दियाको राजापुरमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा प्रहरी, महिला तथा बालबालिका शाखाका प्रतिनिधिले मानव बेचबिखन, बाल संरक्षण, सुरक्षित आप्रवासन र लागूऔषध दुव्र्यसनका असरबारे जानकारी गराउँदै समुदायको भूमिकामा जोड दिएका थिए।
  • सहभागीहरूले प्राप्त जानकारी समुदायसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै सुरक्षित, हिंसामुक्त र संरक्षणमुखी समाज निर्माणका लागि सामूहिक प्रयासलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : प्लान इन्टरनेशनल नेपाल तथा राजापुर नगरपालिकासँगको सहकार्यमा बाँके युनेस्को क्लबले सुरक्षा परियोजनाअन्तर्गत मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनिकरणका लागि सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि गर्न सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका–८ स्थित भेरी माध्यमिक विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक समस्याको रोकथाममा समुदायको भूमिकाबारे छलफल गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक होमप्रसाद चौधरीले मानव बेचबिखन तथा लागूऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि समुदायमा सचेतना, सतर्कता र समयमै सूचना प्रवाहको आवश्यकता औंल्याए । उनले सहभागीहरूलाई जिम्मेवार नागरिकका रूपमा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गरे ।


त्यसैगरी, महिला तथा बालबालिका शाखाकी अनिता चौधरीले बाल संरक्षण, महिला तथा बालअधिकार, उपलब्ध सहयोग संयन्त्र तथा मानव बेचबिखन, हिंसा र शोषणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराईन । उनले सचेत र सशक्त समुदाय नै हिंसा, शोषण तथा बेचबिखनविरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच भएको बताईन ।

कार्यक्रममा सुरक्षित आप्रवासन, बाल संरक्षण, युवा सशक्तिकरण तथा लागूऔषध दुव्र्यसनका हानिकारक असरबारे विशेष सन्देश प्रवाह गरिएको थियो । सहभागीहरूले सक्रिय रूपमा छलफलमा सहभागिता जनाउँदै प्राप्त जानकारीलाई परिवार, साथीभाइ तथा समुदायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासलाई थप सुदृढ बनाउने तथा सुरक्षित, संरक्षणमुखी र स्वस्थ समाज निर्माणका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।

बालबालिका सुरक्षित, युवा सशक्त र परिवारहरू हिंसा तथा शोषणमुक्त वातावरणमा जीवनयापन गर्न सक्ने समाज निर्माणका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहित्यकार आचार्यको ‘आरोह अवरोह’ विमोचन

२६ जेष्ठ २०८३, मंगलवार १८:३१
समाचार सारांश Generated Using AI बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल र राजापुर नगरपालिकासँगको सहकार्यमा बर्दियाको राजापुरमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रहरी, महिला तथा बालबालिका शाखाका प्रतिनिधिले मानव बेचबिखन, बाल संरक्षण, सुरक्षित आप्रवासन र लागूऔषध दुव्र्यसनका असरबारे जानकारी गराउँदै समुदायको भूमिकामा जोड दिएका थिए।सहभागीहरूले […]