सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

सदरलाइन संवाददाता २५ बैशाख २०८३, शुक्रबार १५:२२
 
समाचार सारांश
Generated Using AI
  • सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा १७ वर्षीय प्रदीप विकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
  • फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
  • घाइतेमध्ये टेकबहादुर विकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने विशाल विकलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सल्यान : सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै दुईजना घाइते भएका छन् । दार्मा गाउँपालिका –२ भुसखोलास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार दिउँसो करिब १ः३० बजे फारुलाचौरबाट भुसखोलातर्फ जाँदैगरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।


दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका –२ निवासी ग्वाजो कामीका १७ वर्षीय छोरा प्रदीप विक गम्भीर घाइते भएका तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्यचौकी दार्मामा पुराए लगत्तै स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सोही स्थानका १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, २२ वर्षीय विशाल विकको साही घटनामा परेर दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दार्मा, सल्यानबाट प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । साथै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा पाँच जना प्रहरी खटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *