तस्करी रोक्न सशस्त्र प्रहरीद्वारा नेपाल–भारत सिमा क्षेत्रमा तालिमे कुकुर परिचालन

सदरलाइन संवाददाता १ जेष्ठ २०८३, शुक्रबार १९:४१
 
समाचार सारांश
Generated Using AI
  • सशस्त्र प्रहरी बल, नेपाल ले नेपाल–भारत सीमा नाका जमुनामा सुरक्षा र चेकजाँच प्रभावकारी बनाउन आजदेखि तालिमप्राप्त स्निफर कुकुर परिचालन गरेको छ ।
  • दुई वटा कुकुरले हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध सम्बन्धी जाँचमा सहयोग गर्नेछन् ।
  • यस कदमले अवैध ओसारपसार, सीमा अपराध नियन्त्रण तथा सीमा सुरक्षालाई थप आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  नेपाल–भारत सीमा नाका जमुनामा सीमा सुरक्षा तथा चेकजाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले आजदेखि तालिम प्राप्त स्निफर कुकुरहरू परिचालन गरेको छ ।

सिमा क्षेत्रमा परिचालित दुईवटा तालिमप्राप्त कुकुरले विशेषगरी हातहतियार, बिस्फोटक पदार्थ तथा लागुऔषध सम्बन्धी चेकजाँचमा सघाउने छन् ।


सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध ओसारपसार, सीमा अपराध तथा शंकास्पद गतिविधि नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमित रूपमा यस्ता तालिमप्राप्त कुकुरहरू सीमा नाकामा परिचालन गर्ने जनाएको छ ।

यस कदमले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुन कार्यान्वयनमा थप मजबुती आउने विश्वास गरिएको सशस्त्र प्रहरी बल नेपाल ३० नं गणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *