अगैया नजिक रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

सदरलाइन संवाददाता १९ बैशाख २०८३, शनिबार २०:०८
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको राप्तीसोनारी–२ अगैया नजिक पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा बस ठोक्किँदा ३८ जना यात्रु घाइते भएका छन् ।
  • घाइतेहरूलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मा उपचारका लागि लगिएको छ र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
  • बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  पूर्वपश्चिम राजमार्गको अगैया नजिक रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ३८ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार शनिवार बिहान राप्तीसोनारी २ अगैया घण्टहवा खोला नजिक पूर्वबाट पश्चिमतर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३५३७ नम्बरको बस रोकिराखेको लु २ ख ५७०८ नम्बरको ट्रकमा ठोक्किँदा ३८ जना यात्रु घाइते भएका हुन् ।

सो क्षेत्रमा गस्तीमा रहेको नेपाली सेनाको टोलीले दुर्घटनाको खबर प्रहरीलाई दिनुका साथै प्रहरीसँगै मिलेर घाइतेको उद्दार गरेर घाइतेलाई तत्काल उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ । काठमाडौँबाट कैलालीतर्फ गइरहेको सो बसका सबै घाइतेको उपचार शिक्षण अस्पतालमा भइरहेको र उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर घाइते हुनेमा कैलाली बर्दगोरिया गाउँपालिका ४ का वर्ष २८ का रमेश साउद, सोही गाउँपालिका १ का वर्ष २५ का कृष्ण साउद, कैलाली टीकापुर नगरपालिका १ का वर्ष २० का जीवन सोडारी, टीकापुर ४ का वर्ष ८१ की जसु बूढा, सोही स्थानकी वर्ष ५२ कि कमला शर्मा, धनगढी उपमहानगरपालिका १४ का वर्ष ६८ का सङ्ग्राम गिरी, उहाँका ६ वर्षका नाति विधान गिरी, कैलाली जानकी गाउँपालिका १ की वर्ष ३९ की सोमती कुमारी चौधरी र जानकी गाउँपालिका ६ की वर्ष २३ कि करिश्मा बिक रहेका छन ।


त्यसैगरी, से बर्दगोरिया गाउँपालिका ३ खैरेनी की वर्ष २१ की कल्पना बिष्ट, टीकापुर नगरपालिका ५ बस्ने वर्ष ३८ का मनबहादुर थापा मगर, टीकापुर ४ बस्ने वर्ष २८ का आशिष थापा, सोही ठाउँ बस्ने वर्ष ६० का ढकेन्द्रबहादुर थापा, टीकापुर ८ बस्ने वर्ष ४१ की रमिता थारु, बर्दगरिया गाउँपालिका ६ बस्ने वर्ष २३ की सुहाना भण्डारी, कैलालीको जानकी गाउँपालिका ६ बस्ने वर्ष ३५ का महेन्द्र शाही, जानकी गाउँपालिका ३ बस्ने वर्ष ४५ का भीमबहादुर विश्वकर्मा, टिकापुर ५ बस्ने वर्ष २२ की सोनी चौधरी, टीकापुर १ बस्ने वर्ष ५७ की सरिता जैसी, उहाँकी सात वर्षकी नातिनी देवान्सी भाट र जानकी गाउँपालिका ४ बस्ने वर्ष ३२ की सबिना कुमारी डंगौरा पनि घाइते भएका छन ।

यस्तै जिल्ला बझाङ गदरै गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ३५ की राधादेवी रोकाया, टीकापुर १० बस्ने वर्ष ५० की विमलादेवी तिमिल्सिना, कैलाली गौरीगङ्गा नगरपालिका ६ बस्ने वर्ष २२ का तारा साउद, जिल्ला बैतडी प्रचौडी नगरपालिका १ बस्ने वर्ष ४५ का पदमबहादुर बम, टीकापुर १ बस्ने वर्ष २७ की बसन्ती रेग्मी, सोही ठाउँ बस्ने वर्ष ३५ की शोभा रेग्मी, धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ५० की वृन्दा कुमारी देवल, भजनी नगरपालिकाका वर्ष २७ की मनिषा चौधरी, उहाँकी तीन वर्षकी छोरी कियारा चौधरी, बर्दिया बारबर्दिया नगरपालिका ६ बस्ने वर्ष १४ की रुपा चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

सोही प्रकारले कैलाली घोडाघोडी नगरपालिका २ बस्ने वर्ष २२ का दीपक भण्डारी, टीकापुर ६ बस्ने वर्ष २७ का दिनेश थारु, टीकापुर ३ बस्ने वर्ष २९ का ओमप्रकाश चौधरी, टीकापुर १ बस्ने वर्ष ४२ का कर्णप्रसाद चौलागाईं, जिल्ला बाँके नेपालगञ्ज १३ बस्ने वर्ष ३१ की प्रतीक्षा जैसी, उनको तीन वर्षको छोरा प्रथम जैसी, कैलाली बर्दगोरिया गाउँपालिका ४ बस्ने यशोदा साउदको पाँच महिनाकी छोरी राया साउद र जिल्ला अछाम विनायक पञ्चदेवल नगरपालिका ७ बस्ने वर्ष ४५ की लक्ष्मीदेवी रावल पनि घाइते भएकोले उनीहरु सैबको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र ट्रक दुबैका चालकलाई नियन्त्रणमा लिएर घट्नाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा विगतको वर्षमा भन्दा गहुँखेतीमा बृद्धि

१९ बैशाख २०८३, शनिबार २०:०८
समाचार सारांश Generated Using AI बाँकेको राप्तीसोनारी–२ अगैया नजिक पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा बस ठोक्किँदा ३८ जना यात्रु घाइते भएका छन् ।घाइतेहरूलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मा उपचारका लागि लगिएको छ र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान […]