बर्दियामा एक महिनामा लागुऔषधसहित ३३ जना पक्राउ

सदरलाइन संवाददाता ७ जेष्ठ २०८३, बिहीबार १८:५४
 
समाचार सारांश
Generated Using AI
  • बर्दिया प्रहरीले वैशाख महिनामा दुई भारतीयसहित ३३ जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
  • पक्राउ परेकाबाट ३ सय ७ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
  • चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म लागुऔषध मुद्दामा बर्दियामा २०४ जना पक्राउ परिसकेका छन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

गुलरिया (बर्दिया) : बर्दिया प्रहरीले बैशाख महिनामा दुई भारतीय सहित ३३ जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

वैशाख महिना भरीमा लागु औषध ओसार पसारमा गरेको कडाइका कारण ३३ जना पक्राउ परेका हुन् । बर्दिया प्रहरीको लागुऔषध ओसार पसार गर्नेहरू माथी गरेको सर्च अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ३ सय ७ ग्राम २ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेका छ । पक्राउ पर्नेमा सबैभन्दा बढी १७ जना बर्दिया जिल्लाका रहेका छन् ।

त्यसैगरी बाँकेका नौ जना, मुगुका र सुर्खेतका दुई÷दुई जना, ललितपुरका एक जना र भातिय दुई जना रहेका छन् ।उनीहरू मध्ये सबै पूरुष रहेका छन् भने दुई जना नाबालक रहेका छन् । पक्राउ पर्नेहरू अधिकतम ४७ वर्ष उमेर सम्मका रहेका छन् ।

पक्राउ पर्नेमा अधिकांश सेवनकर्ता सँगै ओसार पसारमा संलग्न रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।


उनले सबैलाई लागुऔषध कारोबार ऐन अन्र्तगत अनुसन्धान भई कारवाहीको प्रक्रियामा अगाडि बढाएको बताए । बर्दियामा विशेषगरी भारतबाट लागु औषध ब्राउनसुगर आउने गदर्छ । भारतीय सीमावर्ती बजारमा लागु औषध छ्यापछ्याप्ती बिक्री हुने गरेको स्थानीयहरू बताउँछन् ।

प्रहरीले २ सय ८० ग्राम लागु औषध सहित भारतको उत्तरप्रदेश खिरी तिकुनिया बस्ने २६ वर्षका विजय सिंह र ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेका थिए । प्रहरी निरीक्षक कार्कीका अनुसार वैशाख महिनामा सबै भन्दा बढी मात्रामा फेला परेको लागु औषध यही नै हो ।

चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म बर्दिया प्रहरीले दुई सय चार जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नौ सय १२ ग्राम आठ सय ९३ मिलिग्राम ब्राउन सुगर बरामद भएको निमित्त सूचना अधिकारी कार्कीले बताए । लागु औषध नियन्त्रणका लागि बर्दिया प्रहरीले अभियान नै चलाएको छ ।

ठाउँ ठाउँमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेपनि अपेक्षा गरे अनुसार लागुऔषध सहित पक्राउ पर्नेको सङ्ख्यामा कमी नआएको प्रहरीले जनाएको छ । केही समय अगाडि भारतबाट लागु औषध सेवन गरेर आएका एकै घरका दुई जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

७ जेष्ठ २०८३, बिहीबार १८:५४
समाचार सारांश Generated Using AI बर्दिया प्रहरीले वैशाख महिनामा दुई भारतीयसहित ३३ जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।पक्राउ परेकाबाट ३ सय ७ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म लागुऔषध मुद्दामा बर्दियामा २०४ जना पक्राउ परिसकेका छन् । यो सारांश AI […]

सम्बन्धित