२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बाँकेमा भएको आगलागीको घटनामा १ जना घाइते



नेपालगञ्ज : बाँकेमा बढदो गर्मीका कारण विभिन्न स्थानमा भएको आगलागीका कारण १ जना घाइते हुनुकोसाथै धनमाल जलेर नष्ट भएको छ ।

केका प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसिले दिएको जनाकारी अनुसार अम्बे स्टील्स खजुरा खुर्दमा बिहान साढे ११ बजेतिर भएको घटनामा परि भारतको बहराईच मिहिपुरवा बस्ने वर्ष ४०को मजदुरी काम गर्ने ननकुल बिश्वकर्मा जलेर घईत भएका छन ।

जस्ता पाता बनाउने क्रममा उनी जलेर घाइते विश्वकर्मालाई नेपालगञ्जमा प्रथामिक उपचार गरि थप उपचारको लागि भारतको लखनउ लाने तयारी भएको छ ।

यसैगरी आईतबारै दिउसो नेपाल विद्यात प्रधिकरण नेपालगञ्ज बितरण केन्द्रको परिसरमा पौने १ बजे तिर एक्कासी भएको आगोलागिमा परेर प्रधिकरणको पुारना साईकल पाईप र तारहरु जलेर नष्ट भएको प्रहरी जनाएको छ । स्थानीयबासी प्रहरी र दमकल घटना स्थल पुगेर आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

सो घटनामा मानविय क्षति नभएपनि पुराना तार, साईकल, पाईपलगायतका कवाडका सामानहरु जलेर नष्ट भएको प्रहरी उपरिक्षक जिसिले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार
ताजा समाचार