२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

एमाले अध्यक्ष ओली र काँग्रेस नेता लेखक १३ दिनपछि थुनामुक्त



नेपालगञ्ज : प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनपछी थुनामुक्त भएका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको जानकारी दिए ।अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो ।

गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई उनको निवास कटुञ्जेबाट गत चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उनीहरुलाई हिरासतमा राखिएकामा सर्वाेच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो ।

अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार
ताजा समाचार