बैतडीमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु चार घाइते

सदरलाइन संवाददाता ४ बैशाख २०८३, शुक्रबार १९:११
 
समाचार सारांश
Generated Using AI
  • बैतडीको सुर्नया–८ ढोल्यामोडमा दुई मोटरसाइकल ठोक्किँदा ३४ वर्षीय जनक लुहारको मृत्यु भएको छ।
  • दुर्घटनामा चार जना घाइते भएका छन्, जसमा दुई जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
  • प्रहरीका अनुसार विपरीत दिशाबाट आएका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो र घटनाबारे अनुसन्धान भइरहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
यो फोटो एआईद्वारा सिर्जना गरिएको प्रतिकात्मक फोटो हो

बैतडी :  बैतडीको सुर्नया गाउँपालिका– ८ ढोल्यामोडमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी प्रहरी निरीक्षक सुरज सिंहले बताए ।

शुक्रबार दिउँसो भएको सो दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरी निरीक्षक सिंहका अनुसार श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।


दुर्घटनामा परि पुर्चौडी–५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन ।

घाइते मध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार २७ मा कोहलपुर माइल दौड हुने

४ बैशाख २०८३, शुक्रबार १९:११
समाचार सारांश Generated Using AI बैतडीको सुर्नया–८ ढोल्यामोडमा दुई मोटरसाइकल ठोक्किँदा ३४ वर्षीय जनक लुहारको मृत्यु भएको छ।दुर्घटनामा चार जना घाइते भएका छन्, जसमा दुई जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।प्रहरीका अनुसार विपरीत दिशाबाट आएका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो र घटनाबारे अनुसन्धान भइरहेको छ। यो सारांश […]