
नेपालगञ्ज : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजासहित निजलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिए । प्रहरी सो घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार












प्रतिक्रिया दिनुहोस्