बाँकेको खजुराबाट हतियार र २७५ ग्राम ब्राउनसुगरसहित कारोबारी पक्राउ

सदरलाइन संवाददाता ११ बैशाख २०८३, शुक्रबार १४:५६
 
समाचार सारांश
Generated Using AI
  • खजुरा क्षेत्रमा प्रहरीले विशेष अपरेशन चलाएर २७५ ग्राम ब्राउनसुगर, नक्कली पेस्तोल र गोलीसहित २६ वर्षीय अजिजुल रहमान खाँलाई पक्राउ गरेको छ।
  • उनको साथबाट मोबाइल, मोटरसाइकल, गाडी, नगद र चेकबुकसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
  • गोप्य सूचनाका आधारमा पक्राउ परेका खाँमाथि अनुसन्धान जारी छ र यसले लागुऔषध कारोबारीहरूमा त्रास फैलिएको प्रहरीले बताएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके प्रहरीले चलाएको अपरेशनमा बाँकेको खजुराबाट हतियार र २७५ ग्राम ब्राउनसुगरसहित कारोबारी पक्राउ गर्न सफल भएकोे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुराबाट प्रहरीले नक्कली पेस्तोल, सक्कली गोली र २७५ ग्राम ब्राउनसुगरसहित एक कारोबारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेको खजुरा–६ स्थित प्रतिक्षालय क्षेत्रबाट २७५ ग्राम ब्राउनसुगर, स्टिलबाट बनेको नक्कली पेस्तोल र दुई राउन्ड सक्कली गोलीसहित २६ वर्षीय अजिजुल रहमान खाँलाई पक्राउ गरिएको पुस्टि गरे ।

इलाका प्रहरी कार्यालय धनौली र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउसँगै लागुऔषध तस्करहरूमा त्रास फैलिएको प्रहरी प्रमुख जिसीले बताए ।


प्रहरीका अनुसार खाँ बाँके खजुरा गाउँपालिका–५ का बासिन्दा हुन् । उनको साथबाट नक्कली पेस्तोल, दुई राउन्ड गोली, ७ थान मोबाइल, एउटा मोटरसाइकल, दुई वटा गाडी, ५१ लाख रुपियाँ उल्लेख भएका बैंकका केही चेकबुक, डिजिटल तराजु र ७० हजार ९ सय ५० रुपियाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

स्थानीयका अनुसार पक्राउ परेका खाँ लामो समयदेखि खजुराको प्रतिक्षालय र गोदहाना क्षेत्रमा बसेर नेपालगञ्ज तथा आसपासका क्षेत्रमा लागुऔषध सेवनकर्तालाई बिक्री–वितरण गर्दै आएका थिए ।

गोप्य सूचनाका आधारमा कारोबारस्थलमै पुगेर प्रहरीले उनलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रमुख जिसीले बताए ।

पक्राउ परेका खाँलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले कडाइ गरेसँगै लागुऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवनमा संलग्न धेरै जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गर्न मुख्यमन्त्री आचार्यको सुझाव

११ बैशाख २०८३, शुक्रबार १४:५६
समाचार सारांश Generated Using AI खजुरा क्षेत्रमा प्रहरीले विशेष अपरेशन चलाएर २७५ ग्राम ब्राउनसुगर, नक्कली पेस्तोल र गोलीसहित २६ वर्षीय अजिजुल रहमान खाँलाई पक्राउ गरेको छ।उनको साथबाट मोबाइल, मोटरसाइकल, गाडी, नगद र चेकबुकसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।गोप्य सूचनाका आधारमा पक्राउ परेका खाँमाथि अनुसन्धान जारी छ र यसले लागुऔषध […]