समाचार सारांश
Generated Using AI
- सशस्त्र प्रहरी बल, नेपालको नं. ३० गण बागेश्वरी बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएको करिब ३१ लाख बराबरको सामान बरामद गरेको छ ।
- बरामद सामग्रीमा चागा मशरुम, फलफूल, तरकारी र एक ट्याक्टर समावेश छन्, जसलाई कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ
- सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके तथा माातहतका ईकाईबाट २८ गते शनिबार खटिएको टोलीले भन्सार छलेर भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको करिव ३१ लाख बारबरको सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरीबाट प्राप्त जानकारी अनुुुुसार भारतबाट अनाधिकृत नेपाल भित्र्याउदै गरेको चागा मशरुमसहित १ वटा ट्याक्टर, फलफूल र तरकारी बरामद गरी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुभाएको छ ।

बरामद सामाग्रीको मुल्य रु ३० लाख ८३ हजार ६ सय ८९ रहेको आकलन गरिएको छ । सीमा क्षेत्रबाट हुने अबैध रुपमा तस्करी रोक्न सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।



