२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

लागूऔषध ब्राउन सुगरसहित ४ पक्राउ



नेपालगञ्ज :  जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाको संयुक्त टोलीले १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर (खैरो धुलो पदार्थ)सहित चार जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

बाँके प्रहरीका अनुसार लगूऔषध सहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने सोनु जोलाह, सोही स्थानका इरफान जोलाह, मन्ना जोलाह, नेपालगञ्ज १८ सुमेर शेष रहेका छन ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँच गर्दा उनीहरूबाट उक्त लागु औषध बरामद भएको हो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रकृया सुरु गरीएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जारी गरेको विज्ञप्तिमा प्रहरी नियन्त्रणमा परेकालाई लागु औषध नियन्त्रण अभियान अन्तर्गत कारवाही गरीने जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार
ताजा समाचार