सडक अतिक्रमण हटाउन नेपालगञ्ज उपमहानगरले दियो १५ दिने अल्टिमेटम

सदरलाइन संवाददाता ३ चैत्र २०८२, मंगलवार १८:४३
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुर्खेत रोडका विभिन्न खण्डमा १५ दिनभित्र अनधिकृत टहरा, होर्डिङ बोर्ड लगायतका संरचना हटाउन अल्टिमेटम दिएको छ।
  • फुटपाथ निर्माण र वृक्षारोपण योजना कार्यान्वयन गर्न नालाको बाहिरी किनारबाट सात फिट क्षेत्र खाली गराउन निर्देशन दिइएको हो।
  • तोकेको समयभित्र अतिक्रमण नहटाए उपमहानगरपालिकाले आफैं हटाएर लाग्ने खर्च सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : सडक अतिक्रमण हटाउन नेपालगञ्ज उपमहानगरले१५ दिने अल्टिमेटम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तरर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक खण्डमा अतिक्रमण हटाउन समयसीमा तोकेको हो ।

सूचना अनुसार सडकको दुवैतर्फ नालाको बाहिरी किनारबाट सात फिट क्षेत्रभित्र निर्माण गरिएका टहरा, होर्डिङ बोर्डलगायतका अनधिकृत संरचना १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सो सडक खण्डमा दुई मिटर चौडा फुटपाथ तथा वृक्षारोपण योजना कार्यान्वयन गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन अल्टिमेटम जारी गरिएको जानकारी दिए ।

उनले तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन सबैलाई आग्रह गर्दै अन्यथा उपमहानगरपालिकाले आफैं हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले नै बहन गर्नुपर्ने बताए । साथै, अतिक्रमण हटाउँदा लाग्ने खर्चसमेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम सम्बन्धित पक्षबाट असुलउपर गरिने उहाँले जानकारी दिए ।


यसअघि पनि नेपालगञ्जको विपी चोकदेखि धम्बोझी चोकसम्मको क्षेत्रमा अतिक्रमण हटाउन दिएको अल्टिमेटम बेवास्ता भएपछि उपमहानगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाएको थियो । हाल सो क्षेत्रमा फुटपाथ निर्माण र वृक्षारोपण कार्य भइरहेको जनाइएको छ ।

उता, स्थानीयवासीले भने एकीकृत मापदण्ड बनाएर मात्र संरचना निर्माण गर्न दिनुपर्ने माग गरेका छन्। पटक–पटक अतिक्रमण भन्दै हस्तक्षेप गर्दा क्षति बेहोर्नुपरेको उनीहरूको गुनासो छ।

नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले एउटै मापदण्ड लागू गरी सोही अनुसार संरचना निर्माण गर्न दिनुपर्ने र बारम्बार अतिक्रमण भन्दै हटाउने कार्य उचित नभएको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद व्यवस्थापनका बारेमा अन्तरपालिका छलफल

३ चैत्र २०८२, मंगलवार १८:४३
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुर्खेत रोडका विभिन्न खण्डमा १५ दिनभित्र अनधिकृत टहरा, होर्डिङ बोर्ड लगायतका संरचना हटाउन अल्टिमेटम दिएको छ।फुटपाथ निर्माण र वृक्षारोपण योजना कार्यान्वयन गर्न नालाको बाहिरी किनारबाट सात फिट क्षेत्र खाली गराउन निर्देशन दिइएको हो।तोकेको समयभित्र अतिक्रमण नहटाए उपमहानगरपालिकाले आफैं हटाएर लाग्ने […]