नेपालगञ्जका गृहणी महिलालाई घरको भन्सामा हुनसम्ने आगलागी नियन्त्रण गर्ने तालिम

सदरलाइन संवाददाता १२ चैत्र २०८२, बिहीबार १९:१८
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी महिलालाई लक्षित गर्दै घरायसी आगलागी नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ।
  • वडा नं. ३ र ७ का ४० जना सामुदायिक आपतकालीन समूह सदस्यलाई आगो निभाउने तरिका र सावधानीबारे प्रशिक्षण दिइएको हो।
  • गर्मीयाममा बढ्दो आगलागी जोखिम कम गर्न यस्तो तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी महिलालाई लक्षित गरि घरको भन्साबाट हुनसम्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले पुनःताजगी तालिम सञ्चालन गरेको छ ।

सुपर परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरका वडानं ३ र ७ का ४० जना सामुदायिक आपतकालिन प्रतिकार्य समूहका सदस्यहरुलाई लक्षित गरी एकदिने घरायसी आगो नियन्त्रण पुनरताजकी तालिम सञ्चालन गरिएको हो ।

गर्मीयाममा दैनिक जसो आगलागिका घटनाहरु घट्ने भएकोले संभावित क्षति न्यूनिकरण गर्न र जोखिम टार्न यो तालिम फलदायी हुने अपेक्षा गरिएको छ ।

घरको भन्साबाट हुनसक्ने आगलागिका घटना न्यूनिकरण गर्ने उद्देश्ले नेपालगञ्ज उपमाहनगरका आपतकालिन प्रतिकार्य समूहका सदस्यहरुलाई लक्षित गरी एकदिने घरायसी आगो नियन्त्रण पुनरताजकी तालिम सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगर बारुण यन्त्रशाखाका प्रमुख झयनबहादुर खड्काले जनाकारी दिए ।

तलिममा आगो कसरी निभाउने, आगो निभाउन केके घरेलु सामानको प्रयोग गर्न सकिन्छ र के गर्न हुदैन जस्ता कुरा सिकाईएको उनले बताए ।


नेपालगञ्ज उपमहानगरपालिकाका विपद सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सुपर परियोजनाले विपदमा समुदायमा काम गर्ने ४ सय जना स्वयमसेवक मध्ये ४० जनालाई घरायसी आगो निभाउने तरिका सिकाईएको जनकारी दिए ।

उनले आगलागी जन्य विपदको लागि अग्नी नियन्त्रण दस्ताले काम गर्न सक्ने र आगो लागिहाले दमकल पूग्न ढिलो हुँदा पनि समुदायमा रहेको यस्ता स्वयम सेवकले समुदायमा कामगर्न सक्ने दाबी गरे ।

नेपालगञ्ज वडानं ६ का वडा अध्यक्ष तथा सुपर परियोजना कोर्डिनेटर समिर प्रताप सिंहले यो तालिमबाट समुदायमा लाग्नसक्ने आगलागीका घटनामा न्यूनिकरण हुने कुरामा जोड दिए ।

घरको भन्साबाट हुनसम्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट गर्मीयाममा दैनिक जसो आगलागिका घटनाहरु न्यूनिकरण गर्न र जोखिम टार्न यो तालिम फलदायी हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एप्पल स्टोर सञ्चालनमा ल्याईयो

१२ चैत्र २०८२, बिहीबार १९:१८
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी महिलालाई लक्षित गर्दै घरायसी आगलागी नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ।वडा नं. ३ र ७ का ४० जना सामुदायिक आपतकालीन समूह सदस्यलाई आगो निभाउने तरिका र सावधानीबारे प्रशिक्षण दिइएको हो।गर्मीयाममा बढ्दो आगलागी जोखिम कम गर्न यस्तो तालिम प्रभावकारी हुने अपेक्षा गरिएको […]

सम्बन्धित