गुल्मीमा चट्याङ पर्दा ३ जना घाइते, ३ वटा बाख्रा मरे

सदरलाइन संवाददाता ६ चैत्र २०८२, शुक्रबार १९:१९
 
समाचार सारांश
Generated Using AI
  • गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा ३ जना घाइते भएका छन् र ३ वटा बाख्रा मरेका छन्।
  • घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ भने अन्य दुईको अवस्था सामान्य छ।
  • घाइतेहरूलाई गुल्मी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

गुल्मी : गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा ३ जना घाइते भएका छन् भने ३ वटा बाख्रा मरेका छन् ।

शुक्रबार दिउँसो परेको चट्याङले स्थानीय ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ वर्षका विष्णु खड्का घाइते भएका हुन् । घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ भने उनी बेहोस अवस्थामा रहेको जनाइएको छ ।


निरु र विष्णुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले बताए ।

चट्याङकै कारण विष्णु खड्काको १ वटा र बाली बिकेको २ वटा गरी जम्मा ३ वटा बाख्रा मरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भिजेरै ईदगाहमा ईदको नमाज पढियो

६ चैत्र २०८२, शुक्रबार १९:१९
समाचार सारांश Generated Using AI गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा ३ जना घाइते भएका छन् र ३ वटा बाख्रा मरेका छन्।घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ भने अन्य दुईको अवस्था सामान्य छ।घाइतेहरूलाई गुल्मी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो।    […]

ताजा अपडेट