शङ्कास्पद वस्तु पड्काएर हटाइयो, हुलाकी सडक पुनः सञ्चालन

सदरलाइन संवाददाता १ फाल्गुन २०८२, शुक्रबार ११:५२
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको खजुरास्थित पेडारी नालाको निर्माणाधीन पुलमाथि शङ्कास्पद कुकर फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले क्षेत्र घेराबन्दी गरी आवागमन बन्द गरेको थियो।
  • नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त कुकरलाई पड्काएर निष्क्रिय बनाएको र घटनास्थलबाट कुनै जिम्मेवारी लिएको सामग्री फेला परेन छ।
  • शङ्कास्पद वस्तु हटाएपछि नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको थियो, यसअघि केही घण्टा वैकल्पिक मार्ग प्रयोग गरिएको थियो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेको खजुरास्थित पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले पड्काएर निष्क्रिय बनाएको छ । नेपालगञ्ज गुलरिया हुलाकी सडकअन्तर्गत खजुराबजार नजिकै निर्माणाधिन पेडारी नालाको पुलमाथि बिहानै शङ्कास्पद रुपमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

निर्माणाधिन पुलको छेउमा शङ्कास्पद रुपमा कुकर भेटिएपछि घटनास्थलमा पुगेको प्रहरीले घटनास्थललाई घेरेर सो राजमार्गमा आवागमन बन्द गराई बिहानैबाट अनुसन्धान सुरु गरी नेपाली सेनालाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए । उनले त्यो कुकर स्थानीयलाई तर्साउन राखिएको हुनसक्ने जनाउँदै त्यसलाई हुक भनिने पनि बताए ।


नेपाली सेनाले घटनास्थललाई नियन्त्रणमा लिएर सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद कुकरलाई पड्काएर निष्क्रिय बनाएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा वा जिम्मेवारी लिएको सामाग्री फेला परेको छैन ।

नेपाली सेनाको टोलीले उक्त कुकरलाई डिस्पोज गरेपछि हुलाकी राजमार्गको आवागमन खुला गरिएको पनि प्रहरीले जनाएको छ । यसअघि नेपालगञ्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई केही घण्टाका लागि बैकल्पिक मार्गबाट सञ्चालन गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका गृहणी महिला लक्षित ३ सय ९० घण्टाको मन्टेश्वरी तालिम सुरु

१ फाल्गुन २०८२, शुक्रबार ११:५२
समाचार सारांश Generated Using AI बाँकेको खजुरास्थित पेडारी नालाको निर्माणाधीन पुलमाथि शङ्कास्पद कुकर फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले क्षेत्र घेराबन्दी गरी आवागमन बन्द गरेको थियो।नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त कुकरलाई पड्काएर निष्क्रिय बनाएको र घटनास्थलबाट कुनै जिम्मेवारी लिएको सामग्री फेला परेन छ।शङ्कास्पद वस्तु हटाएपछि नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी […]

ताजा अपडेट