२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

खजुरा पेडारी पुलमाथी भेटिएको शंकास्पद कुकर सेनाद्वारा निष्कृय



नेपालगञ्ज :  नेपालगञ्ज–गुलरिया सडकखण्डको बाँकेको खजुरामा रहेको पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

नेपालगञ्ज– गुलरिया हुलाकी सडक अन्तर्गत खजुराबजार नजिकै निर्माणाधिन पेडारी नालाको पुलमाथि बिहान ६ बजेतिर शङ्कास्पद रुपमा प्रेसर कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनाको जनाकारी पाउने वित्तिकै प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी उपरिक्षक अंगुर जिसिले जनाकारी दिए ।

निर्माणाधिन पुलको छेउमा शङ्कास्पद रुपमा कुकर भेटिएपछि घटनास्थलमा पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टालीले घटनास्थललाई घेरेर सो राजमार्गमा आवागमन बन्द गराई निष्कृय पार्न सुरु गरेको थियो ।

उनले त्यो कुकर स्थानीयलाई तर्साउन राखिएको हुनसक्ने जनाउँदै त्यसलाई ‘हक्स’ भनिने पनि बताए ।

उनले नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर सो शङ्कास्पद कुकरलाई पड्काएर निष्क्रिय बनाएको जानकारी दिए । प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा वा जिम्मेवारी लिएको सामाग्री फेला परेको छैन ।

नेपाली सेनाको टोलीले उक्त कुकरलाई डिस्पोज गरेपछि हुलाकी राजमार्गको आवागमन खुला गरिएको पनि प्रहरीले जनाएको छ । यसअघि नेपालगञ्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई केही घण्टाका लागि बैकल्पिक मार्गबाट सञ्चालन गराइएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार
ताजा समाचार