अन्तिम अभ्यास खेलमा क्यानाडालाई हराउँदै नेपाल विजयी

सदरलाइन संवाददाता २२ माघ २०८२, बिहीबार १७:३८
 
समाचार सारांश
Generated Using AI
  • आइसिसी टी–२० विश्वकप २०२६ को अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
  • १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो, जहाँ आसिफ सैखले ५८ र सन्दीप जोराले ४४ रन बनाए।
  • यससँगै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पार्दै विश्वकप तयारी बलियो बनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आइसिसी टी–२० विश्वकप २०२६ को अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । चेन्नईस्थित एमए चिदाबरम मैदानमा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमा पुरा गरेको हो ।

नेपालका लागि आसिफ सैखले सर्वाधिक ५८ रन बनाउदा सन्दिप जोराले ४४ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।

क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २÷२ तथा सोमपाल कामी र नन्दन यादवले १÷१ विकेट लिए । नेपालले विश्वकपका लागि क्यानडासँग दोस्रो अभ्यास खेल खेलेको हो ।


यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स युएई माथि ७ विकेटको जित निकालेको थियो ।

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो ।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउथ एशियन हिरो एवार्ड–२०२६ बाट दर्जनौ पत्रकार सम्मानित

२२ माघ २०८२, बिहीबार १७:३८
समाचार सारांश Generated Using AI आइसिसी टी–२० विश्वकप २०२६ को अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।१६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो, जहाँ आसिफ सैखले ५८ र सन्दीप जोराले ४४ रन बनाए।यससँगै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पार्दै विश्वकप तयारी […]