अन्तिम बलमा नेपालकाे हार

सदरलाइन संवाददाता २५ माघ २०८२, आईतवार २०:२५
 
समाचार सारांश
Generated Using AI
  • आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलसम्म संघर्ष गरे पनि ४ रनले पराजित भयो।
  • मध्यक्रममा कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याए, तर अन्तिम ओभरमा आवश्यक रन बनाउन सकेन।
  • दीपेन्द्र ऐरीले ४४ रनको उत्कृष्ट इनिङ्स खेले भने इङ्ल्यान्डका लियाम डसनले २ विकेट लिँदै बलिङमा प्रभाव छाडे।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

नेपालगञ्ज : नेपालले आईसीसी टी–२० पुरुष विश्वकपमा अन्तिम बलसम्म संघर्ष गरे पनि दुईपल्टको विश्वविजेता इङ्ल्यान्डविरुद्ध ४ रनले पराजय बेहोरेको छ। समूह ‘सी’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।

नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। तर, तेस्रो ओभरमा आसिफ शेख ५ बलमा लियाम एन्ड्र्यु डसनको बलमा क्याच आउट भए। त्यसपछि ५.२ ओभरमा ४२ रन बनाउँदा कुशल भुर्तेल पनि विल जाक्सको बलमा क्याच आउट हुँदै पभेलियन फर्किए।


मध्यक्रममा कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ८२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्‍याउने प्रयास गरे। तर, खेलको १५औं ओभरमा दीपेन्द्र साम करनको बलमा टम बन्टनद्वारा क्याच आउट भएपछि खेलले नयाँ मोड लियो।

दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए। कप्तान रोहितले ३४ बलमा २ चौका र २ छक्कासहित ३९ रन जोडे। ओपनर कुशल भुर्तेलले २९ रन बनाउँदा लोकेश बमले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको आक्रामक इनिङ्स खेले।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो। दबाबपूर्ण अवस्थामा नेपालले अन्तिम बलसम्म खेल तान्न सफल भए पनि आवश्यक रन बनाउन नसक्दा खेल ४ रनले इङ्ल्यान्डको पक्षमा गयो।

इङ्ल्यान्डका लियाम एन्ड्र्यु डसनले सर्वाधिक २ विकेट लिए। विल जाक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान १–१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण कम्पनीको लापरबाहीले बाँकेका तीन स्थानीय तहका प्रशासनिक भवन अलपत्र

२५ माघ २०८२, आईतवार २०:२५
समाचार सारांश Generated Using AI आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलसम्म संघर्ष गरे पनि ४ रनले पराजित भयो।मध्यक्रममा कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याए, तर अन्तिम ओभरमा आवश्यक रन बनाउन सकेन।दीपेन्द्र ऐरीले ४४ […]