समाचार सारांश
- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिकासहित निर्वाचन सामग्री ढुवानी कार्य तीव्र बनाएको छ।
- आयोगले केन्द्रबाट नौ प्रकारका निर्वाचन सामग्री जिल्लामा पठाइसकेको छ भने थप ३७ प्रकारका सामग्री जिल्ला स्तरमै व्यवस्थापन गरिनेछ।
- निर्वाचनलाई समयमै, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न मतदान केन्द्रसम्म सामग्री समयमै पुर्याउने लक्ष्य लिइएको छ।

नेपालगञ्ज : फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिकासहितका निर्वाचन सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको छ। आयोगका अनुसार अघिल्लो हप्तादेखि नै आवश्यक सामग्री केन्द्रबाट विभिन्न जिल्लामा पठाउने काम सुरु गरिएको हो।
निर्वाचनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न आयोगले केन्द्रबाट नौ प्रकारका निर्वाचन सामग्री पठाउने व्यवस्था गरेको छ। ती सामग्रीहरू सम्बन्धित जिल्लामा पुगेपछि थप ३७ प्रकारका निर्वाचन सामग्री भने जिल्ला स्तरमै व्यवस्थापन गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार सामग्री ढुवानी, भण्डारण तथा वितरणको कार्य तोकिएको कार्यतालिका अनुसार भइरहेको छ। निर्वाचनको तयारी अन्तर्गत मतदान केन्द्रसम्म सामग्री समयमै पुर्याउने लक्ष्यका साथ ढुवानी प्रक्रिया अगाडि बढाइएको आयोगले जानकारी दिएको छ।



