साउथ एशियन हिरो एवार्ड–२०२६ बाट दर्जनौ पत्रकार सम्मानित

सदरलाइन संवाददाता २४ माघ २०८२, शनिबार ००:४२
 
समाचार सारांश
Generated Using AI
  • श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रतामा योगदान पुर्‍याउने दक्षिण एसियाका व्यक्तिहरूलाई ‘साउथ एशियन हिरो अवार्ड–२०२६’ प्रदान गरेको छ।
  • नयाँदिल्लीस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पत्रकार तथा विभिन्न व्यक्तित्वहरू सम्मानित भए।
  • संस्थाले भविष्यमा पनि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै जाने जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नयाँ दिल्ली :  श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योगदान पुराएका नेपाल, भारत, बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ एशियन हिरो एवार्ड– २०२६ बाट सम्मान गरेको छ ।

भारतको नयाँदिल्ली स्थित होटल क्राउन प्लाजामा शुक्रबार साँझ अयोजित विषेश क्रार्यक्रमका बिचमा उनीहरुलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्ष राजु लामा (नेपाल), महासचिव मो.अब्दुर रहमान (बंगलादेस), सदस्य स्मीता मिश्र (भारत) रहेका छन् ।

यसैगरी सार्क पत्रकार मञ्च नेपालका रुद्र सुवेदी, नृपेन्द्र लाल श्रेष्ठ, अजमत अलि सिद्दिकी, भारतका अनुरुद्ध सुधान्शु, डा शशीभुषण कुमार, श्रीलंकाको राहुल सामन्थलगायत दर्जनौ व्याक्तिहरु साउथ एशिएन हिरो– २०२६ बाट सम्मानित भएका हुन ।


सम्मानपछि संक्षिप्त प्रतिकृया दिदै सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्ष लामाले यस्तो खालको सम्मानले पत्रकारलाई लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्न उर्जा थप्ने बताए । उनले सार्क पत्रकार मञ्चको आफ्नो लक्ष पनि शान्ति लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताए ।

सार्क फाउन्डेशका अध्यक्ष डा अमिला मोरेमाडाले दक्षिण एशियामा लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वातन्त्रताका लागि योगदान दिएका व्यक्तिहरुलाई अगामी दिनमा पनि आफ्नो संस्थाले सम्मान गर्ने बताए ।

उनले आफ्नो सस्थाले दक्षिण एशियामा लोकातन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि काम गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न

२४ माघ २०८२, शनिबार ००:४२
समाचार सारांश Generated Using AI श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रतामा योगदान पुर्‍याउने दक्षिण एसियाका व्यक्तिहरूलाई ‘साउथ एशियन हिरो अवार्ड–२०२६’ प्रदान गरेको छ।नयाँदिल्लीस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पत्रकार तथा विभिन्न व्यक्तित्वहरू सम्मानित भए।संस्थाले भविष्यमा पनि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा […]