६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

सदरलाइन संवाददाता २२ माघ २०८२, बिहीबार १७:२८
 
समाचार सारांश
Generated Using AI
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ सम्पन्न भएको छ।
  • उच्च हिमाली र दुर्गम जिल्लालाई प्राथमिकता दिँदै मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको तयारी भइरहेको छ।
  • प्रत्यक्षतर्फ कुल दुई करोडभन्दा बढी मतपत्र छाप्नुपर्ने र माघ २५ देखि फागुन ३ गतेसम्म जिल्लामा पठाइने आयोगले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र लगभग छपाइ सकिएको र प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको दुई करोड चार लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो ।


उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ ।

विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो । सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगका सहायक प्रवक्ता जिसीले बताए ।

विसं २०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने आयोगले काठमाडौँ वरिपरि एवं नजिक, नजिकका जिल्लामा पठाइएको जनाएको छ । सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री यसअघिको निर्वाचनमै खरिद गरी बाँकी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तिम अभ्यास खेलमा क्यानाडालाई हराउँदै नेपाल विजयी

२२ माघ २०८२, बिहीबार १७:२८
समाचार सारांश Generated Using AI आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ सम्पन्न भएको छ।उच्च हिमाली र दुर्गम जिल्लालाई प्राथमिकता दिँदै मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको तयारी भइरहेको छ।प्रत्यक्षतर्फ कुल दुई करोडभन्दा बढी मतपत्र छाप्नुपर्ने र माघ २५ देखि […]