निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

सदरलाइन संवाददाता ५ फाल्गुन २०८२, मंगलवार १९:१६
 
समाचार सारांश
Generated Using AI
  • जनक शिक्षा सामग्री केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र ४० दिनमै छपाइ सम्पन्न गरेको जनाएको छ।
  • प्रत्यक्षतर्फ दुई करोड तीन लाख र समानुपातिकतर्फका मतपत्रसमेत जिल्लामा पठाउने काम भइरहेको छ।
  • कर्णाली र सुदूरपश्चिममा मतपत्र पुगिसकेको र १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने तयारी गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए ।


आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक पौडेलले भने, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ ।४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ।”

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्रनं २ का एमाले उम्मेदवार राईद्वारा विभिन्न स्थानमा कोणसभा र घरदैलो

५ फाल्गुन २०८२, मंगलवार १९:१६
समाचार सारांश Generated Using AI जनक शिक्षा सामग्री केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र ४० दिनमै छपाइ सम्पन्न गरेको जनाएको छ।प्रत्यक्षतर्फ दुई करोड तीन लाख र समानुपातिकतर्फका मतपत्रसमेत जिल्लामा पठाउने काम भइरहेको छ।कर्णाली र सुदूरपश्चिममा मतपत्र पुगिसकेको र १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने तयारी गरिएको छ। यो सारांश AI […]