बाँके क्षेत्रनं २ का एमाले उम्मेदवार राईद्वारा विभिन्न स्थानमा कोणसभा र घरदैलो

सदरलाइन संवाददाता ५ फाल्गुन २०८२, मंगलवार १९:२४
 

नेपालगञ्ज :  चुनावी अभियानका क्रममा नेकपा एमालेको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले आज मंगलबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा घरदैलो साथै मतदाता भेट र कोणसभा गरेका छन् ।

यसक्रममा उनले मंगलबार बिहान नेपालगञ्ज रंगशालामा खेलाडिसंग अन्तरक्रिया गरेका उनले नेपालगञ्ज–२ घरवारीटोलमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए ।


चुनावी अभियानका क्रममा उम्मेदवार राईले आजै तीन स्थानमा कोणसभा आयोजना गरेका छन् । उनले डुडुवाको बडानं २ पिप्रहवा, नेपालगञ्जको एकलैनी र साँझ नेपालगञ्ज –२० को नाटनपुरवामा कोणसभा सम्पन्न गरेका छन ।

हिजो मात्र आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका उनले प्रतिबद्धता पत्रमा उल्लेख भएका कुराहरुलाई बुदागत रुपमा प्रष्ट पार्दै समृद्ध नेपालगञ्ज–डुडुवाका लागि आफ्ना पक्षमा मत जाहेर गर्न अपिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस उम्मेदवार काईराला नेपालगञ्जको फुलटेक्रा क्षेत्रमा घरदैलोमा

५ फाल्गुन २०८२, मंगलवार १९:२४
नेपालगञ्ज :  बाँके क्षेत्र नं. २ अन्तरगत नेपालगञ्ज–६ मा नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले बुधबार मतदाताका घरदैलो पुगेर मत मागेका छन् । कोइरालाले मतदाता समक्ष पुगेर कांग्रेसले जन भावनालाई संबोधन गर्ने बताउदै आफुलाई मतदान गरी प्रतिनिधि सभामा पुराउन अनुरोध गरेका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेको कोइराला परिवारका […]

सम्बन्धित