खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता १० माघ २०८२, शनिबार १५:४३
 

नेपालगञ्ज : भारतीय नम्बर प्लेटको कारमा सवार दुई भारतीय नागरिक ठूलो परिमाणको खैरो हेरोइनसहित बर्दियाको बाँसगढी क्षेत्रबाट पक्राउ परेका छन्। बाँसगढी नगरपालिका–५ स्थित पुरानो गोल्डेन फ्युचर स्कुल नजिक बबई सिँचाइ नहरको दक्षिण किनाराबाट १३१ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित कारमा सवार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको सूचनापछि नियन्त्रण ब्यूरोसहित पुगेको प्रहरी टोलीले युपी ३२ पी टी ७४१० नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो–कालो रंगको कार रोकी चेकजाँच गरेको थियो।


चेकजाँचका क्रममा कारको पछाडिको सिटमा सवार अंकित कुमारले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढी बर्दियाका प्रहरी निरीक्षक प्रशुराम चौधरीले जानकारी दिए।

सूचना अधिकारीसमेत रहेका चौधरीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित बहराइच जिल्लाको मिहीपुरवा थाना निवासी २१ वर्षीय हर्षित यादव (कार चालक) र २२ वर्षीय अंकित कुमार रहेका छन्।

साथै उनीहरूको साथबाट एक थान आइफोन, एक थान भिभो कम्पनीको स्क्रिन टच मोबाइल र सवार कारसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज

१० माघ २०८२, शनिबार १५:४३
नेपालगञ्ज :  लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गगरेका छन् । लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ […]

सम्बन्धित