गायक प्रशान्त तामाङको निधन

सदरलाइन संवाददाता २७ पुष २०८२, आईतवार १८:४०
 

नेपालगञ्ज :  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी रजनी केसीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको हो ।


‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उनको निधन भएको हो’ चलचित्रकर्मी रजनी केसीले भनिन, ‘हृदयघात भएको भन्ने जानकारी आएको छ ।’

४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय थिए । उनका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो : मुख्यमन्त्री बाँनिया

२७ पुष २०८२, आईतवार १८:४०
काठमाडौँ  :  बाग्मती प्रदेशका मुख्य मन्त्री एवं नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले सामान ढुवानी व्यवसायलाई व्यवस्थीत र प्रभावकारी बनाउनु राज्यको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री बाँनियाले ढुवानी व्यवसायलाई प्रवाभकारी बनाउन सबै सरोकारवाला निकायबीच […]

ताजा अपडेट