हुम्ला : हुम्लाको चंखेलीमा शुक्रबार बिहान ११ बजे भएको जिप दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले दिएको जानकारी अनुसार चंखेली गाउँपालिका–४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३ सय मिटर तल खस्दा १२ जना घाइते भएका हुन् ।

घाइतेहरूको उद्दार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी आए लगत्तै मेल्छाम प्रहरी चौकीबाट ५ जनाको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोेखरेलले बताए । उनले यी घाइते मध्ये ७ जनाको अवस्था गम्भीर, ३ जना मध्यम र २ जनासामान्य गरि १२ जना रहेको जानकारी दिए ।
दुर्घटनामा परि घाइते हुनेहरूमा चंखेली गाउँपालिका–६ का १४ की बिमला बुढा, २८ वर्षिय मनबिर बुढा, वर्ष २६ का पार्वती सिरन, २४ हंश लामा २८ का कैलाश सिरा, १९ का बहदुर लामा सिमकोट गाउँपालिका–८ महेन्द्र रोकाया घटना स्थलबाट पिप्लाङ बर्थिङ सेन्टर लगिएको डिएसपी पोखरेलले बताए ।


