जेनजी प्रदर्शनमा झडप हुँदा १४ ले गुमाय ज्यान, घइतेको संख्या एकिन छैन

सदरलाइन संवाददाता २३ भाद्र २०८२, सोमबार १६:४६
 

नेपालगञ्ज : काठमाण्डौमा भएको ‘जेनजी’ पुस्ताको आन्दोलनको झडपका क्रममा यो समाचार अपडेट गर्दासम्म १४ जनाले ज्यान गुमाएका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पु¥याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

सो आन्दोलनमा परेर गम्भीर घाइते भएका सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ ।


प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीतर्फ थुप्रै घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन । घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिफर गरेर त्यहाँ पठाएको थियो ।

हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेनजी अन्दोलनका घाइतेको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२३ भाद्र २०८२, सोमबार १६:४६
काठमाडौ :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो । […]

ताजा अपडेट