
नेपालगञ्ज : बाँके युनेस्को क्लवको नेतृत्वको बागडोर पुन प्रवेज अलि सिद्धिकीले सम्हाल्ने भएका छन् ।
आज शनिबार नेपालगञ्जमा सम्पन्न क्लबको ११ओै अधिवेशन तथा ३६ औ साधारण सभाबाट संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

कार्यसमितिको उपाध्यक्ष पञ्चम गुरूङ, महासचिव बुधेश जयसवाल, सचिव फिरदौस खान, कोषाध्यक्ष जावेद सिद्दिकी पनि निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा मिना भुषाल, मिना चौधरी, भावुकजङ्ग थापा, सोबिया सिद्दिकी, श्वेता गुरुङ्ग र सपना परियार निर्विरोध निर्वाचित भएका हुन ।



