हिन्दु नारीहरुले आज करवा चौथ मनाउँदै

यदुराज मिश्र २४ आश्विन २०८२, शुक्रबार १८:३३
 

नेपालगञ्ज :  विवाहित हिन्दु महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै आज करवा चौथ पर्व मनाउँदै छन् । आज करवा चौथको पूजा गर्ने चौथी तिथि रहेकोले राती चार घरी पछि चन्द्रयोदय भएपछि विवाहित हिन्दु महिलाहरुले पतिको लामो आयुको कामना गर्दै पूजा गर्दछन् ।

दिनभरी बिना पानी र निराहार ब्रत बसेर चन्द्रयोदयको बेला करवा चौथको पूजा गरेर यसको ब्रत समापन हुने हिन्दु संस्कृतिका जानकारहरु बताउँछन् ।

सनातन संस्कृति र परम्परामा प्रेम, विश्वास र वैवाहिक समर्पणको प्रतीक मानिने करवा चौथ महिलाहरुका लागि एक महत्वपूर्ण पर्व हो । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्ना पतिको लामो आयु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै मनाउँछन् । नेपाल र भारतका विभिन्न क्षेत्रमा यो पर्व ठूलो उत्साहका साथ मनाइन्छ ।

नेपालको तराई तिरका हिन्दु धर्मावलम्बी महिलाहरुले करवा चौथको दिन विवाहित महिलाहरू निर्जला व्रत बस्छन्, अर्थात् दिनभरि पानी र खाना ग्रहण गर्दैनन् । रातमा चन्द्रमा उदाएपछि चन्द्र दर्शन गरेर पतिको हातबाट जल ग्रहण गरी व्रत खोल्छन् ।


यो व्रतको मुख्य उद्देश्य पतिको दीर्घायु र दाम्पत्य जीवनको सुदृढताको लागि प्रेमपूर्वक त्याग गर्नु हो । यो परम्पराले पति–पत्नीबीचको प्रेम र विश्वासलाई थप मजबुत बनाउने विश्वास गरिन्छ ।

भगवान् शिवलगायतका अनेकाँै देवीदेवताको यस पर्वमा श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको छ । यस पर्वको अनेकौँ पौराणिक कथा हिन्दू धर्मको ग्रन्थमा पाइन्छ ।

सत्ययुगमा यमराजले सत्यवान्को प्राण मारेको भन्दै सावित्रीले आफ्नो पतिको आत्मालाई रोकेको प्रसङ्ग रहेको छ । कथाका अनुसार सावित्रीले अन्न, जल त्यागी जिद्धी भई बसिरहेकाले यमराजको केही सीप नलागी र अन्त्यमा सत्यवान्को प्राण फिर्ता गरिदिएको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।

त्यस्तै त्रेतायुगमा महाभारतमा उल्लेख गरेअनुसार पाण्डव समस्यामा रहेको समयमा द्रौपदीले भगवान श्रीकृष्णको सल्लाहबमोजिम करवा चौथ व्रत गरेकाले पाण्डवको सङ्कट अन्त्य भएको महाभारतमा उल्लेख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी स्पोट्र्स अवार्ड नेपालगञ्जमा आयोजना गरिदै

२४ आश्विन २०८२, शुक्रबार १८:३३
नेपालगञ्ज : नेपाली खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित नेपालगञ्जमा पहिलो पटक लुम्बिनी स्पोट्र्स अवार्ड आयोजना गरिने भएको छ । रङ्गशाला नेपाल मिडिया प्रालिको व्यानरमा आयोजनामो लुम्बिनी स्पोट्र्स अवार्ड आगामी मङ्सिर १८ गते हुने बताईएको छ । रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो […]

सम्बन्धित