दाङ्गमा बाघको छालासहित तीन जना पक्राउ

सदरलाइन संवाददाता २२ असार २०८२, आईतवार १८:३३
 

दाङ्ग  : दाङ्ग प्रहरीले दुर्लभ वन्यजन्तु पाटे बाघको छाला (ओखेटोपहार) सहित तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बाघको छालाको अवैध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

शनिवार दिउँसो प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब २ बजे गढवा गाउँपालिका–६, खवरीगाउँमा छापा मारेको हो ।

सो क्रममा स्थानीय ४१ वर्षीय विक्रम बुढामगरको घरमा लुकाइछिपाई राखिएको बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।


पक्राउ पर्नेहरूमा दाङ्ग राजपुर गाउँपालिका–१, गुरुङ खोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका–४, पदनाहका ३३ वर्षीय अनिल थारु र घरधनी विक्रम बुढामगर छन् ।

इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गरिएको खानतलासीका क्रममा बुढामगरको घरको माथिल्लो तलामा रातो प्लास्टिकको जेब्रा झोलाभित्र लुकाइएको बाघको छाला फेला पारिएको हो ।

बरामद गरिएको छालाको लम्बाइ शिरदेखि पुच्छरसम्म ९ फिट २ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलको अभावले बाँकेमा रोपाइँ प्रभावित

२२ असार २०८२, आईतवार १८:३३
नेपालगञ्ज : असार २२ गतेसम्म पनि बाँकेका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय […]