२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

खजुरामा फलफुलका बिरुवा वितरण



खजुरा : खजुरा गाउँपालिकाका विभिन्न बिद्यालयमा फलफुलका बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका वातावरण शाखा मार्फत गाउँपालिका भित्रका बिद्यालयहरुमा फलफुलका बिरुवा वितरण गरिएको हो । खजुरा गाउँपालिकालाई फलफुलको हबको रुपमा बिकास गर्ने उद्धेश्यले पालिकाले बर्षेनी फलफुलका बिरुवा वितरण गर्ने गरी काम शुरु गरेको गाउँपालिकाले जनाएको छ ।

आप, लिचि, अम्वा, कागती र अनारका बिरुवा गरी ६ हजार बिरुवा वितरण गरेको खजुरा गाउँपालिका वातावरण शाखा प्रमुख नेत्रलाल महतराले बताए । खजुराका श्री जनता नमुना माबि, आदर्श माबि र योगीनि माबिमा बिरुवा वितरण भईसकेको र अन्य बिद्यालयहरुमा समेत वितरण गर्ने उनले बताए ।

यसैबिच आज जनता नमुना माबि खजुरामा जलवायु न्याय क्लबका वालिकाहरुलाई विरुवा बितरण गरिएको छ । आप ७३, लिचि १८, अम्वा ४०, कागती ५० र अनार १८ गरी १९९ फलफुलका बिरुवा वितरण गरिएको हो । रुम टु रिडको सहयोगमा बास नेपालद्धारा सञ्चालीत वालिका शिक्षा कार्यक्रम अन्तरगत रहेको जलवायु न्याय क्लबमा आबद्ध ५२ जना वालिकाहरुलाई ५२ वटा फलफुलका बिरुवा बितरण गरिएको छ भने बाकि बिरुवाहरु बिद्यालयमा रोपिएको श्री जनता नमुना माबिका प्रधानाध्यापक महेन्द्र खत्रीले बताए ।

वालिकाहरुलाई बिरुवा वितरण बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केर सिंह थापा, प्रधानाध्यापक महेन्द्र खत्री, बास नेपालका हेमराज भट्ट र जमुना चौधरीले गरेका थिए । विरुवा पाएपछि घरमा गएर रोप्ने र उचित संरक्षण गर्ने बालिकाहरुले बताए ।

विगतका बर्षहरुमा पनि बालिका शिक्षा कार्यक्रम सञ्चालीत कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका १२ ओटा बिद्यालयमा जलवायु न्याय क्लबका वालिकाहरुले बृक्षारोपण गर्दै आएका छन् ।

बिरुवाको महत्व बुझि जलवायु न्याय क्लबका वालिकाहरुले आफ्नो घर, छिमेक र बिद्यालयमा बृक्षारोपण गरि वातावरण संरक्षणमा लागेकोमा खुसी लागेको बिद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार
ताजा समाचार