राष्ट्रपतिद्वारा शीतल निवासमा धान रोपाई

सदरलाइन संवाददाता १५ असार २०८२, आईतवार १३:४४
 

काठमाडौँ : राष्ट्रिय धान दिवसका अवसरमा आईतबार आज राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

राष्ट्रपति कार्यालयले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल सहभागी भएकी थिईन ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए ।


कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको भएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए ।

उनले नेपाली जनताको ठुलो हिस्सा कृषि पेशामा आश्रित भएपनि जति उत्पादन हुनुपर्ने त्यति हुन नसकेको भन्दै कृषि पेशालाई सम्मान गर्दै सन्तुलित खेति प्रणालिलाई बढवा दिन रोपाईमा राष्टप्रमुख सहभागी हुनभएको उल्लेख गरे ।

कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

यसैबीच आजको दिन असार १५ गतेको दिनलाई देशभर धान दिवशको रुपमा धान रोपेर राष्ट्रिय धान दिवश मनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिँचाइ ड्याम निर्माण अलपत्र हुँदा स्थानीयका लागि धराप बन्ने खतरा

१५ असार २०८२, आईतवार १३:४४
दाङ : दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माणाधिन सिँचाइ ड्याम अलपत्र हुँदा स्थानीयका लागि धरापमा परिणत हुने खतरा बढेर गएको छ । बृहत् दाङ उपत्यका सिँचाई आयोजनाले आर्थिक वर्ष २०७४÷७५ मा निर्माण गरेको गिठेपानी सिँचाइ ड्याम अलपत्र परेको हो । एक करोड रुपैयाँ खर्चिएर बनाईएको सिँचाइ ड्याम अहिलेसम्म पनि सञ्चालनमा आउन […]