
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका छन् ।
नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । यो नेपालको लागि गर्वको क्षण भएको भन्दै ओलीले खुसी व्यक्त गरे
‘नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि, २०२६ महिला टी– २० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलो पटक प्रवेश गरेको छ, नेपालका लागि गर्वको क्षण हो, हार्दिक बधाई तथा शुभकामना’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन् ।
सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै छनोटमा प्रवेश गरेको छ । नेपाल शीर्ष दुईमा पर्दै छनोट चरणमा प्रवेश गरेको हो ।
युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्