बाँकेको नरैनापुरको मियापुर्वामा डेढसय वर्ष पुरानो धार्मिक मेला सुरु

सदरलाइन संवाददाता २८ माघ २०८१, सोमबार २१:३१
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल दरगाह आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्ष पनि उर्श (धार्मिक मेला) सुरु भएको छ ।

प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउँदै आएको छ । माघ २८ गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु ( जाईरीन) हरुको सहभागिता रहेको छ ।

त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा (धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

नेपालगञ्जदेखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन लुम्बिनी प्रदेश पूर्वमन्त्री कृष्ण केसी नमूनाले व्यानर पढेर उद््घाटन गरिन । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा उद्घाटन भएको सो मेला एक सतासम्म सञचालन हुने छ ।

पूर्वमन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिन् । मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै पूर्वमन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उदघोष गरिन ।


नरैनापुर गाँउपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउँदै मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नरैनापुरको धार्मिक मेलाले समुदायलाई एक सुत्रमा बाँधेर लैजाने विश्वास व्यक्त गरिन । उनले यस क्षेत्रको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन ।

नेपाली काँग्रेस बाँके क्षेत्र न..१ का सभापति पोषण राज केसीले १ सय ५० वर्ष वढीको धार्मिक आस्थाको केन्द्र रहेको यस मेलालाई धार्मिक पर्यटनको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले आफुले यस क्षेत्रको विकासको लागि राज्यको संघ, प्रदेश र स्थानीय सरकारले विषेश लगानी गर्न आवश्य रहेको औल्याउदै यसको चलन र मेलाको महत्वको बारेमा व्यापकता बनाउन आफुले सक्दो सहयोग गर्ने बताए ।

नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले भने,‘ आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै होईन । यो सम्पूर्ण नेपालवासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’

भरत महतोले सहजिरण गरेको कार्यक्रममा सहभागी भएका जसपाका जिल्ला अध्यक्ष कौशल धोबि, प्रदेश सचिव राजन राना, स्थानीय युवा बिनय दिक्षितलगायत विभिन्न राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक शाहले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँदे मकै खेतीतर्फ बाँकेका किसानको आकर्षण

२८ माघ २०८१, सोमबार २१:३१
नेपालगञ्ज :  नगदे बालीको रुपमा हिउँदै मकै खेती बाँकेका किसान आकर्षित भएका छन् । तत्काल बारीबाटै बेचेर नगद आर्जन गर्न सकिने भएर पनि मकै खेतीतर्फ आकर्षण बढेको हो । हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु हिउँदे मकै खेतीतर्फ आकर्षित भएका हुन् । सबैभन्दा बढी राप्तीसोनारीमा हिउँदे […]

सम्बन्धित

ताजा अपडेट