एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

१० श्रावण २०७७, शनिबार १४:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एम्बुलेन्सको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज–कोहलपुर सडकखण्डअन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर ९ कौशल्या मेमोरियल अस्पताल नजिकै शुक्रवार राति भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोटका सागर चनाराको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
सडकमा पैदल हिँडिरहेका बेला एम्बुलेन्सको ठक्करबाट घाइते भएका चनाराको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Next Post

बाँकेमा थप दुई जना कोरोना मुक्त

१० श्रावण २०७७, शनिबार १४:०५
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप २ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालगञ्जस्थित आदर्शनगर आइसोलेशन केन्द्रमा रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का ३२ र ३४ बर्षीय दुई जना पुरुष निको भएर शनिवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसंगै बाँकेमा […]