हिउँदे मकै खेतीतर्फ बाँकेका किसानको आकर्षण

सदरलाइन संवाददाता २९ माघ २०८१, मंगलवार १८:१४
 

नेपालगञ्ज :  नगदे बालीको रुपमा हिउँदै मकै खेती बाँकेका किसान आकर्षित भएका छन् । तत्काल बारीबाटै बेचेर नगद आर्जन गर्न सकिने भएर पनि मकै खेतीतर्फ आकर्षण बढेको हो ।

हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु हिउँदे मकै खेतीतर्फ आकर्षित भएका हुन् । सबैभन्दा बढी राप्तीसोनारीमा हिउँदे मकै खेती गरिन्छ भने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ र डुडुवामा अधिकाँश किसान हिउँदे मकै खेती गरेका छन् ।

अहिले बाँकेको नेपालगञ्ज वडा नं. २३ र डुडुवा गाउँपालिकाको वडा नं. ६ हिरमिनियामा २५ हेक्टर भन्दाबढी क्षेत्रमा हिउँदे मकै खेती गरिएको छ । मुख्यतः राप्तीसोनारी र डुडुवा ६ का किसानहरुले व्यावसायिकरुपमा मकै खेती गरेका छन् ।


डुडुवा गाउँपालिका वडा नम्बर –६ को भंघोटना, कालाबञ्जर, पहाडियनपुर्वा, बकौली, अहिरापुर, महन्तरपुर्वा र बल्दीपुर्वालगायतका गाउँमा सबैभन्दा बढी हिउँदे यामको मकै खेती गरिएको स्थानीय किसान जयपाल मौयले बताए ।

यसैगरी नेपालगञ्ज वडा नं. २३ को भज्जुपुर्वा र जंगलीपुर्वामा पनि मकै खेती गरिएको छ । मकै नगदे बाली भएकोले राम्रो मूल्यमा सहजै विक्री हुने हुँदा यहाँ किसान हिउँदे र बसन्ते मकै खेती गर्दै आएको कृषक मौर्यको भनाई छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सुचना अधिकारी अनिश श्रेष्ठका अनुसार यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ । गत वर्ष भने ७२ हेक्टर क्षेत्रफलमा मात्रै हिउँदे मकै खेती गरिएको थियो ।

गत वर्ष बाँकेमा हिउँदे मकै खतीबाट २३७ मेट्रिक टन मकै उत्पादन भएको उनले जानकारी दिए । जुन ३.२९ मेट्रिक टन प्रतिहेक्टर उत्पादन रहेको सुचना अधिकारी श्रेष्ठले बताए । यस वर्ष अहिले मकै पाक्ने बेला नभएकोले जिल्लामा क्रपकटिङ नहुँदा उत्पादनको तथ्याङ नआएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत छैन’

२९ माघ २०८१, मंगलवार १८:१४
भक्तपुर :  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत नभएको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै जेता बस्नेतले नेपालले आर्थिक र सामाजिक क्षेत्रमा निक्कै प्रगति गरेको कुरामा जोड दिदै भने–‘शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको प्रगति लोभलाग्दो छ, […]

ताजा अपडेट