बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू हस्तान्तरण

सदरलाइन संवाददाता १ चैत्र २०८१, शुक्रबार १८:१९
 

बर्दिया  : बर्दियामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ‘कोईका’को आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू हस्तान्तरण भएका छन् ।

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको वडानं. १ को पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं. ५ को पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरबाट आउने सहयोगले समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको बताउदै स्थानीय सरकार र स्वास्थ्य संस्थाको स्वामित्व यस किशारकिशारी मैत्री स्वास्थ्य सेवा भवनको दीर्घकालिनताका लागि अत्यन्त महत्त्वपूर्ण हुने कुरामा जोड दिए ।

उनले काईकाको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनलको समन्वयमा निर्मित भवन केवल यस स्थानीय तहका जनताका लागि मात्रै नभएर अन्य स्थानीय तहका किशोरकिशोरीहरूले पनि यस संस्थाबाट प्रदान गरिएका सेवाहरूको फाइदा लिन सक्नेछन् र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले प्रदेश सरकारको तर्फबट दाता तथा कार्यक्रम सञ्चालन गर्ने संस्था दुबैलाई धन्यबाद समेत दिए ।

प्लानसंगको सहकार्यमा बर्दियामा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई प्रवद्र्धन गर्नु र किशोरकिशोरीहरूको समग्र जीवनशैलीमा सुधार ल्याउन किशोरकिशोरी, उनीहरुको परिवार र समुदायको ज्ञान, धारणा र व्यवहारमा सुधार ल्याउने र स्थानीय तहमा किशोरकिशोरी यौन तथा प्रजनन स्वाथ्य र अधिकार सेवाको प्रावधानमा सुदृढिकरण गर्ने उद्देश्य लिएर परियोजना सञ्चालन गर्दै आएको छ ।

परियोजनाका लागि अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न, परियोजना अवधि भरिमा ६ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा भवन र १३ वटा लैङ्गिक तथा अपांगतामैत्री शौचालय निर्माण गरी सहयोग गर्ने लक्ष्य राखेको जानकारि परियोजना संयोजक सुरज अर्यालले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले किशोर किशोरी मैत्री सेवाहरू २०७७ को स्वास्थ्य नियमानुसार आधारभूत आवश्यकता भएको र किशोर किशोरी मैत्री सेवाहरू सुनिश्चित गर्नका लागि मुख्य तीनवटा कुराहरूमा ध्यान दिनुपर्ने बताईन ।


उनले भनिन–‘पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्यकर्मी, दोस्रो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था र तेस्रो प्रत्येक कार्यक्रममा किशोरकिशोरीहरूको संलग्नता र सहभागिता हुन आवश्यक छ ।’ उनले नेपालको जनसङ्ख्याको २० प्रतिशत किशोरकिशोरीहरू रहेको र नेपाल बालविवाह गर्नमा एसियाको १६औ स्थानमा भएको बताईन ।

कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन केवल निर्माणका लागि मात्र नभई सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको उपयोग भएको बताउँदै त्यसको दिगोपनका लागि स्वास्थ्य विभागको सहयोग आवश्यक रहनुपर्ने कुरामा जोड दिए ।

यी भवनहरुबाट विशेष गरि बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २ र ३ र गेरुवा गाउँपालिकाको वडा नम्बर ४ र ५ का किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ भने बारबर्दिया नगरपालिकाको पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा कुल ४७ लाख ९१ हजार ६६० र गेरुवा गाउँपालिकाको पशुपतिनगर स्वास्थ्य चौकीमा कुल ५० लाख ४१ हजार ३८१ रूपैयाँ लागतमा सो भवनहरुको निर्माण सम्पन्न भएको थियो ।

भवनको औपचारिक हस्तान्तरण समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा दुबै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपालका राष्टिय निर्देशक राम किसन, प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बाँके यूनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायत प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाहरुको प्रमुख र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गैसस महासङ्घ नेपालको नवनिर्वाचित टोली र सभामुखबीच भेटघाट

१ चैत्र २०८१, शुक्रबार १८:१९
काठमाडौं :  गैरसरकारी संस्था महासङ्घ नेपालको ११ औ महाधिवेशनबाट अर्जुन भट्टराईको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले सभामुख देवराज घिमिरेसँग भेटघाट गरेका छन् । भेटघाटमा राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षको रूपमा तयार पारिएको घोषणापत्र सभामुखलाई हस्तान्तरण गरिएको थियो । भेटमा नवनिर्वाचित अध्यक्ष भट्टराईले सङ्घ संस्थाहरूको दर्ता तथा सञ्चालनका लागि नयाँ एकीकृत ऐनको […]