बाँकेमा फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ७ श्रावण २०७८, बिहीबार १३:०८
 

नेपालगञ्ज : बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई आज बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय जीवन धिताललाई घरबाटै पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।


गएको फागुन १२ गते जिल्ला अदालतले फैसलाबाट धिताल दोषी ठहर भएका थिए । उनलाई तीन दिन कैद र दुई लाख ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका धिताललाई आजै जिल्ला अदलातमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी साधन सञ्चालन गर्न बाँके प्रशासनको अनुमति

७ श्रावण २०७८, बिहीबार १३:०८
नेपालगञ्ज : मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्न बाँके प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै गृहमन्त्रालयले आवश्यक जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नेगरी मध्यम तथा लामो दूरीका सवारी साधन संचालन गर्न परिपत्र गरेसँगै बाँके प्रशासनले सवारी साधन संचालनको अनुमति दिएको हो । […]