अरिंगालको टोकाइबाट सल्यानमा आमा–छोरीको मृत्यु

सदरलाइन संवाददाता १ कार्तिक २०७९, मंगलवार १३:३२
 

नेपालगञ्ज : अरिंगालले टोक्दा सल्यानमा आमा–छोरीको मृत्यु भएको छ । अरिंगालको टोकाइबाट अर्का एक जना घाइते भएका छन् । सल्यानको शिद्ध कुमाख गाउँपालिका वडा नं १ हामपालकी २१ बर्षीया शोभा बस्नेत वुढाथोकी, उनकी ४ वर्षीया छोरी प्राप्ती वुढाथोकी र उनका २१ बर्षीय अंकल नवीन बस्नेतलाई आफ्नै खेतमा धान काट्न गएको बेला सोमबार साँझ ५ बजेतिर अरिंगालले टोकेको थियो ।

गम्भीर घाइते भएका आमा–छोरीलाई जिल्लाको श्रीनगरमा रहेको परोपरकार हस्पिटलमा उपचार सम्भव नभएपछि नेपालगन्ज ल्याउने क्रममै शंखुमलस्थित बाटोमै सोमबार बेलुका पौने ८ बजे छोरी प्राप्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


त्यस्तै गम्भीर घाइते आमा शोभाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याए लगत्तै राति १ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । नवीनको जिल्लाकै श्रीनगरस्थित परोकपकार हस्पिटलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

१ कार्तिक २०७९, मंगलवार १३:३२
नेपालगञ्ज : यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विज्ञप्ती निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि यो समय उपयुक्त भएको जनाएको […]

सम्बन्धित