सिक्टाले पप्पुसँग तोड्यो नाता, अर्को प्रक्रियामा जाँदै

५ असार २०७६, बिहीबार १६:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सिक्टा सिँचाई आयोजनाले डुडुवा नहर निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनसँग १८ करोड २३ लाख रुपैयाँ फिर्ता लिएको छ । सिक्टाले मोविलाईजेशन र परफर्मेन्स ग्यारेन्टी गरि १८ करोड २३ लाख रुपिया फिर्ता लिएको आयोजना निर्देशक कृष्णप्रसाद नेपालले बताए । डुडुवा शाखा नहर निर्माणका लागि पुरानो ठेकेदार कम्पनीसँग ठेक्का तोडेको सिक्टा सिँचाई आयोजनाले अर्को प्रक्रिया शुरु गरेको छ ।
डुडुवा शाखा नहर निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले काम सम्पन्न गरिसक्नुपर्ने समयसम्म करीब ७ प्रतिशत मात्रै काम गरेपछि प्रक्रिया पुर्याएर ठेक्का सम्झौता तोडिएपछि अर्को प्रक्रिया शुरु गरिएको हो । आयोजनाले शुरुवातमा विगतमा योग्यता पुगेका निर्माण कम्पनीसँग आर्थिक प्रस्ताव माग गरेको छ । विगतमा ७ निर्माण कम्पनी योग्य थिए । सूचना अवधिभर आर्थिक प्रस्ताव नपरेमा आगामी आर्थिकबर्षमा नयाँ प्रक्रियाबाट टेण्डर आव्हान हुनेछ ।
२० जुन २०१६ मा मा ८४० दिनमा निर्माण सम्पन्न गर्नेगरी पप्पुसँग निर्माण सम्झौता भएको भएकोमा ठेक्का अवधी गतबर्षको असोज २४ गते सम्पन्न भएको छ । अत्यन्त न्यून काम भएपछि सिक्टाले ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेपछि पप्पु कन्स्ट्रक्सन विभिन्न अदालतमा गएको थियो । उच्च अदालतबाट अन्तरिम आदेश जारी भइ खारेज भएपनि हाल सर्बोच्चमा मुद्धा विचाराधिन अवस्था छ ।
मध्यस्थता प्यानलमा पनि मुद्धा जारी छ । जहाँ पप्पुले काम गरेको र स्टक निर्माण सामाग्रीको मुल्य गरि ३३ करोड दावी गरेको छ । सिक्टाले बाँकी काम गर्नुपर्ने, किसानले समयमै सिँचाई गर्न नपाएको भन्दै एक अर्ब ८० करोड तिर्नुपर्ने दावी गरेको छ । सम्झौता अनुसार,९८ करोड ८१ लाख १८ हजार रुपियाको लागत रहेकोमा पप्पुले आठ करोड रुपिया मोविलाईजेशन खर्च पाएको थियो जम्मा लगानीमा साउदी कोषको लगानी ४५ प्रतिशत रहेको छ ।

Next Post

सुतिरहेको अवस्थामा बर्दियामा एकको हत्या

५ असार २०७६, बिहीबार १६:२९
सदरलाइनडटकम, बर्दिया : धारिलो हतियार प्रहार गरी बर्दियामा एक जनाको हत्या भएको छ । बर्दियाको राजापुर नगरपालिका ३ नङ्गापुरका ५५ वर्षीय जयराम थारूको बुधवार राती हत्या भएको हो । थारुको आफनै घरको आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा मृतक थारु र […]

ताजा अपडेट