मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुनः मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २९ फाल्गुन २०८१, बिहीबार १५:०८
 

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरे ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली)पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उहाँको विश्वास छ ।


मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा, र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताए । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उहाँले विशेष जोड दिए ।

पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्रीले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गरेका छन् ।

। यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग, र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जामा मस्दिज सञ्चालक समितिलाई काम कार्य नगर्न उच्च अदालतको अन्तरिम आदेश

२९ फाल्गुन २०८१, बिहीबार १५:०८
    नेपालगञ्ज :  उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपालगञ्जमा रहेको मदरसा दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिलाई काम कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चन्द्रबहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले जामा मस्जिदको विधानको दफा १६ बमोजिम तथा जिल्ला प्रशासन कार्यालय बाँकेको मिति २०८१ […]

सम्बन्धित