भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रयास गर्दैछौं : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ११ पुष २०८१, बिहीबार १८:०१
 

दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचार मुक्त शासन प्रणाली स्थापित गर्न प्रयासरत रहेको बताएका छन ।

गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहिवार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए ।

‘सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचार बिरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे । अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ’–उनले भने–’सरकारले जागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रबद्र्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरुलाई नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाई आचारसंहिताको निगरानी छ ।’

उनले प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको कुरामा जोड दिदै भने–‘गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ । जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाइ पनि गुनासो मार्फत अघि बढाउन सक्नुहुन्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ । ‘भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ’–उनले भने–‘भ्रष्टाचार बिरुद्धको अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।’

प्रदेश सरकारले जनमुखी कानूनभ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रयास गर्दैछौं ः मुख्यमन्त्री आचार्य
दाङ ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचार मुक्त शासन प्रणाली स्थापित गर्न प्रयासरत रहेको बताएका छन ।


गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहिवार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए ।

‘सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचार बिरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे । अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ’–उनले भने–’सरकारले जागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रबद्र्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरुलाई नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाई आचारसंहिताको निगरानी छ ।’

उनले प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको कुरामा जोड दिदै भने–‘गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ । जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाइ पनि गुनासो मार्फत अघि बढाउन सक्नुहुन्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ । ‘भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ’–उनले भने–‘भ्रष्टाचार बिरुद्धको अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।’

प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो । सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाई सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए ।

निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो । सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाई सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीभित्रको फरक मतले नै लोकतन्त्रलाई बलियो बनाउछ : काँग्रेस केन्द्रीय सदस्य महर

११ पुष २०८१, बिहीबार १८:०१
इलाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो हुने बताएका छन् । पार्टीको शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकको चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले बहुमत सरकार निर्माणका लागि संबिधान संशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेको […]