२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा सोमवार २० जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा सोमवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ३८ जना रहेका छन् ।

हालसम्म बाँकेमा ४ हजार १ सय ६३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २९ गते सोमबार
ताजा समाचार